मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एमाले उपमहासचिव ज्ञवालीद्वारा पदाधिकारीहरूको जनाधारको कमीप्रति टिप्पणी

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले वडा तहको चुनाव जिताउने हैसियत नै नराख्ने बताउनुभएको छ।

काठमाडौमा आज आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक “कम्युनिस्ट पार्टी निर्माणका आधार” को विमोचन समारोहमा बोल्दै ज्ञवालीले केही पदाधिकारीहरूले कुरा ठूला मात्र गर्ने तर जनाधार नहुँदा चुनाव जित्न नसक्ने अवस्था रहेको टिप्पणी गर्नुभयो।

उहाँले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चङ्गाजस्तो माथि मात्रै रहने गरेको उल्लेख गर्दै, जनसमर्थन बिना कुरा ठूला गर्नुको अर्थ नभएको बताए।

ज्ञवालीले पञ्चायतकालमा पनि राजा महेन्द्रले जनमत बुझ्न गाउँ फर्क अभियान सञ्चालन गरेको उदाहरण दिँदै, पार्टीका नेता तथा कार्यकर्ताहरूले जनाधार निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।