नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन्।
भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई भदौ १९ गतेदेखि लागू हुने गरी प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गरेको हो।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
पूर्व आईजीपी दीपक थापा भदौ १८ गतेदेखि अवकाश गएपछि खापुङले आजदेखि प्रहरी संगठनको कमान्ड सम्हालेका छन्।
यदि खापुङको कार्यकालमा नयाँ प्रहरी ऐन जारी भएमा हालको प्रावधानअनुसार उहाँको सेवा अवधि ६ महिना थपिन सक्छ। नभए ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गतेदेखि अनिवार्य अवकाश लिनुपर्नेछ।
