मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एमालेको भृकुटीमण्डपमा वृहत जनसभा आज, सुरक्षा व्यवस्थामा कडाइ

नेकपा एमालेले आज राजधानीको भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ। ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ बागमती प्रदेश कमिटीको आयोजनामा जनसभा सञ्चालन हुँदैछ।

जनसभाअघि विभिन्न स्थानबाट जुलुससहित एमालेका नेता–कार्यकर्ता भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ। सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ।

जनसभालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। भीड व्यवस्थापन र सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै काठमाडौं प्रहरी परिसरले अतिरिक्त सुरक्षा संयोजन गरेको छ।

एमालेले शुक्रबार ‘भोलेन्टियर फोर्स’ गठन गर्दै पुष्पराज श्रेष्ठलाई संयोजक तोकेको थियो। जनसभा तथा प्रदर्शनका सम्पूर्ण तयारी पूरा भएको बागमती प्रदेश कमिटीले जनाएको छ।
भृकुटीमण्डप पुगेपछि जुलुस केही समयपछि औपचारिक सभा सुरु हुनेछ।