मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सन्दर्भ:: इलाम क्षेत्र नं २ उपनिर्वाचन विशेष।

विगत ३० वर्ष यता इलाम क्षेत्र नं २ बाट व्यवस्थापिका संसद, प्रतिनिधिसभा लगायत संविधानसभामा प्रतिनिधित्व गर्नुहुने स्वर्गीय पूर्व सभामुख, पूर्व सांसद सुबाश चन्द्र नेम्वाङ ज्यूको मृत्यु भए पश्चात् इलाम क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा इलाम बाट प्रतिनिधित्व गर्न उपनिर्वाचन हुने निश्चय भए सँगै आकांक्षी हरुको उम्मेदवारी आकांछ्या देखिन थालेको छ ।

यसै उक्त निर्वाचन क्षेत्रका हुनाहार युवा खोम खतिवडा को आवाज लाई समेट्ने प्रयास गरेको छ। उनी इलाम का विभिन्न संघ संस्था हरु मा आबद्ध भई सामाजिक कार्य मा अग्रसर रही आएका छन्। उनको राजनैतिक गतिविधि विद्यार्थी राजनीति बाट सुरुवात भएको बताउँछन्। १ दसक विद्यार्थी राजनीति सँगै अहिले उनी नेपाली कांग्रेस इलाम क्षेत्र नं २ को क्षेत्रीय सह-सचिव रही पार्टी राजनीति मा सक्रिय छन् । उनी भन्छन जब सम्म हाम्रो इलाम जस्तो उर्वर भूमिमा उत्पादन हुन सक्ने कृषि उपज उपभोग्य वस्तुको उत्पादन , प्रशोधन तथा बजारीकरण ले स्थान पाउँदैन त्यति बेला सम्म नत रोजगारी नै सिर्जना हुन्छ नत स्थानीय स्तरमा आर्थिक उन्नति नै हुन्छ ।

जब सम्म समाजमा व्यवसायिक वातावरण सिर्जना गरेर व्यक्तिको जीवनस्तर मा सकारात्मक परिवर्तन ल्याउन सकिन्न तबसम्म व्यक्ति र समाजले पछि नै रहन्छ । तसर्थ आजको युवा राजनीति आर्थिकसुधारिकरण को बाटो मा हुनु पर्छ। यो विश्वविद्यालय र नेपाली ग्रामिण समाज दुवै अध्ययन गरेको व्यक्ति बाट मात्र सम्भव छ। उनी आफूलाई यो दुवै अध्ययन मा अब्बल ठान्दछन्।

विशेषत बहुसंख्यक मतदाता, बुद्धिजीवी र अग्रज व्यक्तित्व हरुको रायसल्ला सँगै पार्टीगत हित लाई ध्यानमा राखी आफूले यो अवसर सृजना गरेको उनको भनाइ रहेकोछ।