मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

‘नम्बर वान’ नायिकाको भ्रम!

अभिनेत्री पूजा शर्मा होमप्रोडक्सन फिल्मकी हिट नायिका हुन्। उनले आफ्नै प्रोडक्सनबाहेक अभिनय गरेका फिल्म बक्स अफिसमा हिट भएका छैनन्। तर उनलाई निकट केही व्यक्तिले ‘नम्बर वान’ नायिकाको पगरी भिराईदिएका छन्।

हिजोआज पूजालाई पनि आफू एक नम्बर नै हुँ भन्ने भ्रम पर्न थालेको देखिन्छ। उनले  हिन्दी गीत ‘आई एम द बेस्ट’को ‘मै नम्बर एक हुँ’मा इन्स्टा स्टोरी राखेकी छन्। उनको हाउभाउ पनि फिल्म उद्योगमा त्यही प्रकारको देखिन्छ। 

कामको कुरा गर्दा पूजाको हातमा अहिले कुनै चलचित्र छैन। रेखा थापासँग काम गर्न लागेको भनेर बजारमा ठूलो हल्ला गरे पनि फिल्म कहिलेबाट छायांकनमा जान्छ, थाहा छैन। अनमोल केसीलाई आफ्नो फिल्ममा खेलाउने भनेर सार्वजनिक खबर पनि खबरमै सीमित भएको छ। अनमोल आफ्नो पछिल्लो फिल्म नचलेपछि अर्को फिल्ममा अभिनय गर्न सोचिरहेका छन्। पूजाको प्रोजेक्ट अलपत्र परेको छ। 

यता पूजा भने सामाजिक सञ्जालमा नम्बर वान नायिकाको भ्रम पालेर बसेकी छन्। उनको अघिल्लो वर्षको फिल्म पनि पल प्रकरणका कारण चलेको भन्नेहरु फिल्म उद्योगमै छन्। पूजाका पछिल्ला फिल्म फ्लप भएको हेर्दा यो हल्ला सही हो भन्ने पनि लाग्छ। 

पूजाको अभिनय पनि सबैखाले फिल्ममा उस्तै प्रकारको देखिन्छ। पूजाले आफ्नो चरित्रमा फरकपन खोज्ने र आफूलाई अभिनयमा अब्बल बनाउन कुनै कसरत गरेको देखिँदैन। पूजाको इन्स्टा स्टोरीपछि धेरैले भनिरहेका छन्- पूजाको अभिनयमा फरकपन नआउनुको कारण आफूले आफैँलाई नम्बर वान सोच्ने गल्तीले त हैन? 

पछिल्लो समय फिल्म उद्योगमा पूजा लगभग एक्लै छिन्। उनका फिल्ममा सहकार्य गर्ने सुदर्शन थापा आफ्नै दुनियाँमा छन्। पललाई साथमा लिएर एकफेर फिल्ममा पुनः जम्ने पूजाको सपना पनि लगभग सकिएको छ। जेलबाट निस्किएपछि पलले पूजालाई भेट्दै नभेटेको खबर बाहिरिएको छ। अन्य कलाकारले पलसँग भेटेका तस्बिर सार्वजनिक गर्दा पूजाका भने त्यस्ता तस्बिर सार्वजनिक नहुनुले उक्त खबरलाई पुष्टि गरेको छ।

पूजाले आफ्नो फिल्ममा अनमोल केसीको स्टारडम बेच्ने प्रयास पनि गरिन्। तर अनमोलले पनि उनको फिल्मबाट हात झिकेको खबर छ। आकाश श्रेष्ठ र पूजाको सम्बन्ध चिसिएको लामो समय भयो।