मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजी आन्दोलनमा मारिएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाइने

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको छ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेलगत्तै यस्तो निर्णय गरेका हुन्। निर्णयलाई औपचारिकता दिन मन्त्रिपरिषद्को बैठकमा पेश गरिनेछ। शोक दिवस कहिले मनाउने भन्ने विषय मन्त्रिपरिषद्को छलफलपछि टुंगो लाग्नेछ।

यस्तै, मृतकका परिवारलाई काजकिरियाका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था पनि सरकारले गर्ने भएको छ।