मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सेयर बजारमा तेस्रो दिन पनि वृद्धि: नेप्से ५.३२ अंक बढ्यो, कारोबार रकम भने घट्यो

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर २६५५ अंकमा कायम भएको छ। योसँगै लगातार तीन दिनदेखि बजारमा वृद्धि देखिएको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन रु. ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज रु. ५ अर्ब ८२ करोडको मात्रै कारोबार भयो। बजारमा १२२ कम्पनीको मूल्य बढ्यो भने १२५ कम्पनीको घट्यो।

समूहगत सूचकमा मिश्रित प्रभाव देखियो। होटल तथा पर्यटन (१.४%), उत्पादन तथा प्रशोधन (१.३०%), निर्जीवन बीमा (०.६५%) लगायतका समूह बढे भने व्यापार (१.३३%), जीवन बीमा (०.३०%) तथा विकास बैंक (०.२४%) समूह घटे।

आज झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनीको मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ। बढी कारोबार हुने कम्पनीहरूमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप लगायत रहे।