मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

दोलखाको सदरमुकाम चरिकोटमा विष्फोट

दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले बताए । घटनास्थलमा तार वा बमको टुक्रा फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।