मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

लगातारको वृद्धिमा ‘ब्रेक’, नेप्से १० अङ्कले घट्दा पनि कारोबार रकममा उत्साह

लगातार तीन दिनदेखि उकालो लागिरहेको शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ। बिहीबार नेप्से परिसूचक १०.६६ अङ्कले घटेर २,६१५.०३ विन्दुमा बन्द भएको छ।

बजार परिसूचक घटे पनि कारोबार रकम (Turnover) मा भने सुधार देखिएको छ। हिजो ४ अर्ब ५ करोडको कारोबार भएको बजारमा आज रकम बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। आज ३२९ वटा कम्पनीका १ करोड १२ लाख कित्ता शेयर किनबेच भएका छन्।

क्षेत्रगत रूपमा हेर्दा आज फाइनान्स समूहमा सर्वाधिक १.५३ प्रतिशतको गिरावट आएको छ। यद्यपि, बजार घट्दा पनि होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहका लगानीकर्ताले भने कमाएका छन्।

आजको बजारमा बाराही हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घटेको छ। अर्कोतर्फ, स्वस्तिक लघुवित्तएसवाई प्यानल नेपालको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।