मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्रीको निधनमा बुधबार प्रदेशभर शोक बिदा

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार प्रदेशभर शोक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमामन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख छ । 

सिंहको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् । 

SOURCE: LOKANTAR