काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित दीपक बजाजको बहुप्रतीक्षित वर्कशप “ड्रिम्स टु रियालिटी इन ५ स्टेप्स” सफलता पूर्वक सम्पन्न भएको छ। आयोजक ज्ञान रुमका संस्थापक अध्यक्ष प्रकाश तिरुवाका अनुसार कार्यक्रममा करिब ७०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दीपक बजाजबाट आफ्ना सपना साकार गर्न उपयोगी पाँच चरणहरूको व्यावहारिक ज्ञान प्राप्त गर्न र प्रेरणादायी वातावरणले सहभागीहरूलाई जीवन र करियरमा नयाँ दिशामा अगाडि बढ्न उत्प्रेरित गरेको मोटिभेसनल स्पिकर सन्तोष लामाले बताउनुभयो ।
ज्ञान रुमका संस्थापक अध्यक्ष प्रकास तिरुवाले वर्कशपलाई उत्कृष्ट बनाउने सबै सहभागी, आयोजक टोली, र स्वयंसेवकहरूको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।
यस कार्यक्रमले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको वर्कसप म्यानेजमेन्टका आशिष राइले बताउनु भयो ।
कार्यक्रमले दिगो जीवनशैली र व्यक्तिगत विकासमा जोड दिँदै नेपाली दर्शकहरूलाई जीवन बदल्ने अनुभव प्रदान गरेको वर्कसप म्यानेजमेन्टका सुरज परियारले बताउनु भयो ।
चासोअनलाइनकी अध्यक्ष अमृता भण्डारीले वर्कशप सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्दै यसले सहभागीहरूलाई जीवनमा ठूला परिवर्तन गर्न प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले व्यक्तिगतरूपमा मात्र नभई समाजको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गर्नुभयो।