मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

“काठमाडौँका संवेदनशील क्षेत्रमा कर्फ्यु विस्तार”

दिउँसो ‘जेन जी’ पुस्ताको प्रदर्शनका कारण नयाँ बानेश्वरमा मात्र कर्फ्यु लागू गरिएकोमा, पछिल्लो सूचनाअनुसार शीतल निवास आसपासको महाराजगञ्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार चारैतिर तथा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा समेत कर्फ्यु लगाइने भएको हो ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपासमा आज राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।