मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बालेनले देउवालाई फेसबुक पोस्टबारे व्यङ्ग

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुक पोस्टबारे व्यङ्ग गरेका छन्।

शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाएको तस्वीरसहितको पोस्ट गरेका थिए। उक्त पोस्टमा देउवाले, “आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु,” भनेर लेखेका थिए।

त्यसपछि देउवाको फेसबुक पोस्टमा पुगेका मेयर बालेनले, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी?” भन्दै प्रश्न गरेका छन्। उनले थप व्यङ्ग गर्दै, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !” भनेका छन्।

बालेनको टिप्पणी सार्वजनिक भएपछि देउवाको उक्त पोस्टमा प्रतिक्रिया (इङ्गेजमेन्ट) उल्लेख्य मात्रामा बढेको छ।