मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

उपराष्ट्रपति यादवको बास सहकारीको गेष्ट हाउसमा

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादव सहकारी विभागको गेष्ट हाउसमा बस्न थालेका छन् । शंखमुलमा रहेको भाडाको घरमा सुरक्षा चुनौती देखिएपछि उपराष्ट्रपति यादव तत्कालका लागि बानेश्वरस्थित विभागको गेष्ट हाउसमा बसेका हुन् । 

‘भाडाको घर साँघुरो भएको र भेटघाट बाक्लिएका कारण सुरक्षालाई मध्यनजर गर्दै उपराष्ट्रपति तत्कालका लागि गेस्ट हाउसमा बस्न थाल्नुभएको छ’ जनता समाजवादी पार्टीका एक नेताले भने ।  चैत ६ गते शपथग्रहण गरेपछि मात्र लैनचौरस्थित उपराष्ट्रपतिको सरकारी निवासमा सर्ने यादवको तयारी छ ।