मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रौतहटमा सुटकेसभित्र एक महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव २६ वर्षीया रुवी शाहको हो, जो माधव नारायण नगरपालिका–२ महादेवपट्टीकी हुन् । शाहको स्थायी घर भारतको मुजफ्फरपुरमा रहेको र उनी करिब एक महिनादेखि महादेवपट्टीमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा शाहको हत्या गरी शव सुटकेसमा राखेर सडकमा फालिएको हुन सक्ने अनुमान गरिएको छ । बेवारिसे अवस्थामा भेटिएको उक्त सुटकेस गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट क्षेत्रमा गएराति फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिनुभएको छ ।