मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कर्फ्युबीच आवश्यक वस्तु व्यवस्थापनका लागि ‘सानो समूहमा’ गतिविधि गर्न सकिने

नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लागू भएको समय अवधिमा पनि दैनिक जनजीवन सहज बनाउन ‘सानो समूह’मा आवश्यक गतिविधि गर्न सकिने जनाएको छ ।

सेनाले मंगलबार बिहान एसएमएसमार्फत जानकारी दिँदै भनेको छ, “जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गते बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भए तापनि स–सानो समूहमा मात्र कार्य गर्न आग्रह गर्दछौं।” तर ‘सानो समूह’ भनेको कति संख्याको हो भन्नेबारे भने स्पष्ट गरिएको छैन।

हालैको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिपछि सुरक्षा परिस्थिति नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यु अवधि आगामी भदौ २७ गते बिहान ६ बजेसम्म थप गरिएको पनि सेनाले जनाएको छ।

यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन तथा संस्थाहरु भने सञ्चालनमा रहन सक्नेछन्।