काठमाडौं — नेपाल शाकाहारी संघको आयोजनामा आगामी भदौ १२ देखि १४ गते (अगस्ट २८–३०, २०२५) सम्म राजधानी काठमाडौंमा “अहिंसा महोत्सव नेपाल २०८२” हुने भएको छ। महोत्सव भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने संघले जनाएको छ।
“म त जाँदैछु, तपाईं पनि आउनुस् है” भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सवमा शाकाहार, करुणा, अहिंसा र स्वस्थ जीवनशैलीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शाकाहारी परिकार प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिहरू रहनेछन्।
यस महोत्सवलाई “World Vegan Vision, Kathmandu Animal Save Movement, Samast Mahajan, World Vegan Organisation”लगायतका संस्थाहरूले सहआयोजन तथा सहयोग गर्नेछन्।
अधिक जानकारीका लागि :
सम्पर्क - +977 9856060734
web -ahimsafestival.nepalvegetarianassociation.org
