मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राष्ट्रपति पौडेलद्वारा महानवमीका दिन कन्या पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले असोज शुक्ल नवमीका अवसरमा आज राष्ट्रपति भवनमा नौ जना कन्याको पूजा गर्नुभएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका नौ कन्यालाई उहाँले पूजाआजा गर्नुभएको हो।

महानवमीका दिन प्रत्येक वर्ष राष्ट्रप्रमुखले नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजा गर्ने परम्परा रहेको छ। सो अवसरमा प्रथम महिला सविता पौडेलले पनि कन्याहरूलाई पूजाआजा गर्नुभएको थियो।