मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

पोल्यान्डले जर्मनीलाई हरायो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्डले जर्मनीलाई पराजित गरेको छ । पोल्यान्डले जर्मनीमाथि १–० को जित दर्ता गरेको हो ।

पोल्यान्डको जितमा पहिलो हाफमा ज्याकव किविओरले गरेको गोल नै निर्णायक बन्यो । उनले ३१औं मिनेटमा सेवास्टिएनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । ५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदियो ।

यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्यो । गत मार्चमा मैत्रीपुर्ण खेलमै पेरुलाई २–० ले पराजित गरेयताको तीन खेलमा जर्मनीले जित निकाल्न सकेको छैन ।

बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

SOURCE:TAJA SAMACHAR