काठमाडौं फागुन १६ , बिगत २५ बर्षको इतिहास बोकेको हिमालि श्रीङखलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने नगरकोट हिलसाइड भिलेज रिसोर्ट यतिबेला पाहुनाहरुको रोजाइ बन्दै गइरहेको छ।
काठमाडौं विमान स्थलबाट २८ कि.मि. दुरिमा रहेको नगरकोट हिलसाइड भिलेज रिसोर्ट जहां अतिथि सत्कारका निमित्त Family suit room, Couple room र Triple sharing मा बस्ने व्यवस्था हुनुका साथै प्राइभेट भिल्ला , Ac / Non Ac सहित ४० रुमहरु रहेका छन। उक्त रिसोर्टमा योग ध्यान मेडिटेसन , हाइकिङ्,पिकनिक ,सेमिनार हलहरु, तथा बिभीन्न कार्यक्रमहरु गर्न र गराउन सकिने ब्यवस्था रहेको छ।
साथै ३०० भन्दा बढि ब्यक्तिलाइ एकैचोटि तालिम तथा सेमिनार गराउने सकिने हलको ब्यवस्था रहेको छ। जहा पर्याप्त मात्रामा इनडोर डाइनिङ् हल बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन् । उक्त रिसोर्टमा पर्याप्त रुपमा पार्किङको व्यवस्था रहेको छ ।
४५ रोपनि क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टबाट अवलोकन गर्न सकिने हिमशिखरहरुले ग्राहकहरुको मनै फूरुङ्ग बनाउंछ । अतिथिको सन्तुष्टिलाइ ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरुद्वारा गुणस्तरिय खानाहरु पस्कनुक साथै कस्टमर सर्भिसलाइ बिशेष ध्यानमा राखिने कुरा नगरकोट हिलसाइड रिसोर्टका प्रबन्ध निर्देशक के.पी पराजुलिले बताउनु भयो ।