दोस्रो एकदिवसीयमा आज इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने

दोस्रो एकदिवसीय क्रिकेट खेलमा आज इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुने भएका छन्। खेल लड्र्स मैदानमा बेलुकी पौने ६ बजे सुरू हुनेछ।

इङ्ग्ल्याण्डले आजको खेलमा ब्याटिङतर्फ जो रूट, बेन डकेट, जोस बटलरह्यारी ब्रुकलाई समेटेको छ। बलिङतर्फ आदिल रशीदसाकिब महमूदबाट विशेष प्रदर्शनको अपेक्षा गरिएको छ। दक्षिण अफ्रिकाका बलर लुङ्गी निगिडीकेशव महराज पनि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।

पछिल्ला पाँच भेटमा दक्षिण अफ्रिकाले चार खेलमा जित हात पारेको छ भने इङ्ग्ल्याण्डले एक खेल मात्र जितेको छ। यही कारण आजको खेललाई दुबै टिमका लागि निर्णायक मानिएको छ।