मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

दृष्टिविहीन महिला टी_२० विश्वकपको उपाधि भारतलाई, फाइनलमा नेपाल पराजित

श्रीलङ्काको कोलम्बोमा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी_२० विश्वकप को फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ।

पिसारा ओभल क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले नटआउट ३३ रनको योगदान दिइन्। जवाफमा, भारतले १ सय १५ रनको लक्ष्य मात्र १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो र उपाधि जित्यो। भारतको जितमा फुला सरेनले नटआउट ४४ रनको महत्त्वपूर्ण पाली खेलिन्।

यसअघि, नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको यो पहिलो संस्करणको विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ टोली सहभागी थिए।