नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि भेला बोलाएको छ ।
दिउँसो २ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्यांक्वेटमा बस्ने गरी भेला बोलाइएको हो ।
भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्यह उपस्थित हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न बालकृष्ण खाँणको अगुवाइमा आजको भेला बस्न लागेको ती केन्द्रीय सदस्यले बताए ।
यो समूह विशेष महाधिवशेन गर्नै नहुने पक्षमा छ । पार्टीको १५ औं महाधिवेशन पनि चुनाव अघि नहुने अडानमा रहेको यो संस्थापन पक्षले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर भने आउँदो पुस मसान्तभित्र कि नियमित र विशेष महाधिवेशन गर्नुपर्ने भन्दै दबाब बढाइरहेको छ ।
