काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको उक्त अध्यादेशले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा (२) (२) मा रहेको प्रावधानलाई संशोधन गरेको छ।
उक्त प्रावधानमा “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था थियो। यो व्यवस्था हटाइएपछि रोकिने मतदाता नामावली खुलाउने बाटो खुलेको निर्वाचन आयोगका स्रोतले जनाएका छन्।

