मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एमालेमा जान खुट्टा उचाल्दै रामकुमारी, तनावमा माधव नेपाल

काठमाडौँ, २१ असार : एमालेबाट छुट्टिने बेला माधवकुमार नेपाललाई दह्रो साथ दिने नेतृ हुन् रामकुमार झाँक्री। एमाले विभाजनका लागि माधवलाई उचाल्नेहरू एकपछि अर्काे साइड लागेपछि रामकुमारीले हात समातेर निर्वाचन आयोगभित्र पुगेको फोटो त्यतिखेर निकै चर्चामा थियो।

तर, अहिले यस्तो अवस्था आइलाग्यो, झाँक्री एकीकृत समाजवादीबाट टाढाटाढा पुगेकी छन्। ०७९ को निर्वाचनमा पराजित भएकी उनी पार्टीमा पनि उदाउन सकिनन्। त्यसपछि पार्टी नेतृत्वप्रति टिप्पणी गरिरहेकी झाँक्री अब एमालेमा जान्छिन् भन्नेमा निकै चर्चा भयो। यद्यपि, झाँक्रीले यो चर्चाको खण्डन गरे पनि एमाले र एकीकृत समाजवादी एकै दल हुनुपर्नेमा उनी राजी छन्। खासगरी झलनाथ खनालसहितका नेताहरु पार्टी एकताको पक्षमा छन्।

तर, जेठ २६ गते पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछिका घटनाक्रम अझ रोचक छ। पतञ्जलि योगपीठको जग्गा घोटाला गरेको अभियोगमा मुद्दा चलेपछि एकीकृत समाजवादीले औपचारिक रुपमै प्रतिवाद गर्यो। तर, झलनाथ खनालले भने विरोध जनाएनन्।  विशेष अदालतले ३५ लाख धरौटी माग्यो र नेपालले त्यही दिन बुझाएका । 

 

स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले असार १४ गते लुम्बिनीमा आयोजित पार्टीकै प्रदेशस्तरीय कार्यक्रममा पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ अभिव्यक्ति दिएपछि पार्टीमा भुकम्प गयो।  ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’समेत उनले बताइन्। लगत्तै  एकीकृत समाजवादीले तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोध्या। पार्टी सचिव सोमप्रसाद पाण्डेले पुष्टि पनि गरेका थिए।

 

तर, झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको दाबी गर्दै आएकी छन्। ‘‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’

खासमा स्पष्टीकरण सोधिए पनि अध्यक्ष नेपालका कारण रोकिएको हो। अहिले आफूमाथि नै मुद्दा चलेको र पार्टी संकटमा रहेका बेला कारबाहीको डण्डा चलाउनु घातक हुने उनको ठहर छ। बिहीबार बसेको सचिवालय बैठकमा झाँक्रीको अभिव्यक्तिबारे छलफल हुने भनिएको थियो। झाँक्रीले बोल्न समयसमेत मागेकी थिइन् । 

मुद्दा खेपेका नेपालको सांसद पद निलम्बनमा छ। तर, उनले अध्यक्ष छाडेका छैनन्। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे कार्यवाहका लागि दौडधुपमा रहे पनि पद छाडेका छैनन्। त्यही भएर नेपालको आलोचना हुने गरेको छ।