मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कोशी प्रदेशका मन्त्री राम राना उपस्थित कार्यक्रम बहिष्कार

काठमाडौ  २०८१ असार १५ गते फाकफोकथुम गाउपालिका वाड न. ५ लुम्देको नेकपा (एमाले)  अध्यक्ष धन प्रसाद लिम्बु सहित १५ जना समिति सदस्यको उपस्थिति बैठकले इलाम क्षेत्र नं २ का सांसद तथा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री राम राना उपस्थित भएको कुनै पनि कार्यक्रममा उपस्थित नहुने निर्णय गरेका छन् ।

इलाम क्षेत्र नं २ ख का सांसद तथा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री राम रानाले प्रदेशवाट विनियोजित योजनाहरुको समिक्षा सम्बन्धमा फाकफोकथुम गाउपालिका वाड न. ५ लुम्देमा आर्थिक बर्ष २०८१/८२ को विनियोजित योजना हरुमा वडाका अति आवश्यक योजनहरु पटक पटक ध्यान आकर्षण गराउदा पनि कुनै पनि शिर्षकमा योजना जनचाहना अनुसार नदिएकोले उक्त  प्रदेश मन्त्री   राम राना उपस्थित भएको कार्यक्रममा वडा नं. ५ पार्टिका प्रतिनिधि ,स्थानिय र वडाका जनप्रतिनिधिहरु उपस्थित नहुने निर्णय गरेको पाटी अध्यक्ष धन प्रसाद लिम्बुले  जानकारी दिए |


इलाम जिल्ला अधिबेशन यहि मंसिर २९ र ३० गते हुदैछ । त्यस अधिबेशनमा समेत राम राना अराजक हिसाबले लागि रहेका छन । एक बैठकमा उनले केपि ओलीको हवला दिदै नाम माथिवाट आउँछ पढेर म सुनाउछु र अधिबेशन सकिन्छ सम्म भन्न भ्याए । उनी त्यतीमा मात्र रोकिएका छैनन । प्रतिनिधिहरूलाई फोन गरेर धम्क्याउने अन्यथा गरेमा हिसाबकिताब गर्ने जस्ता कुरा गर्दै हिडि रहेको एक प्रतिनिधिको गुनासो रहेको छ । आफ्नो पदिय हिसाब र पद भन्दा तल झरेर उनले गरिरहेको कामले पार्टी, जनता र समाजलाई नै ठिक नगर्ने पार्टीका एक नेताले नाम नखुलाउने सर्तमा जानकारी दिए ।