मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले ओरालो, नेप्से १९.९२ अङ्कले घट्यो

हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९२ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव १० विन्दुमा झरेको हो।

आज म्युचल फन्ड समूहबाहेक सबै समूहका शेयर घटेका छन्। होटल तथा पर्यटन र जीवन बीमा समूहका शेयर डेढ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। कारोबार भएका २५७ कम्पनीमध्ये २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४३ कम्पनीको बढेको छ। ७ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। समग्र बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय ४५ कम्पनीका १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएका छन्।