मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

गाउँबेसी सहकारीले १३ औ बार्षिकसाधारणसभाको अवसर पारि नयाँ सन्चालक समिति गठन

गाउँबेसी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष विमला घिमिरेको अध्यक्षतामा सभा हालै सम्पन्न भएको हो । 

संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले विमला घिमिरेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । त्यसैगरी बद्रीप्रसाद सिग्देलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको छ । 

सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण, आर्थिक विवरण, लेखापरिक्षण प्रतिवेदन लगायत पारित गरेको थियो ।