मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

भक्तपुरबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं  - नेपाल प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । 

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै मंसिर ७ गतेदेखि आन्दोलनको तयारीमा थिए ।सोमबार उनले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको तयारीबारेमा जानकारी दिनुका साथै भदौं २३ र २४ गते भएको जेनजी आन्दोलन क कसको संलग्नतामा भएको बिषयमा जानकारी गराएका थिए ।