मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमध्ये आज २ जनाको संसदीय सुनुवाइ

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ। 

न्याय परिषद्ले सिफारिस गरेकामध्ये आज सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ हुन लागेको हो।

विहान ११ बजेबाट उनीहरुको सुनुवाइ सुरु हुने संसदीय सुनुवाइ समितिका सदस्य जगप्रसाद शर्माले जानकारी दिए। 

न्याय परिषद्ले सुवेदी र मुसलमानसँगै महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ। 

संसदीय सुनुवाइ समितिले यही मंसिर ९ गते सार्वजनिक सूचना जारी गरी प्रस्तावित न्यायाधीशको विषयमा उजुरी आह्वान गरेको थियो। 

बाँकी चारजना प्रस्थावित न्यायाधीशको क्रमशः सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने प्रावधान छ।  

 

Source:NepalKhabar