मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

विश्वकप लिग–टूमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दियो

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत दुबईमा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पार्‍यो। नेपालका भीम सार्कीले ४८ रन र कुशल मल्लले ४५ रनको योगदान दिए। यूएईका बलरहरू जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले समान २–२ विकेट लिए।

यो खेल सिरिजको अन्तिम मुकाबला हो, जसमा घरेलु टोली यूएई, नेपाल र अमेरिका सहभागी छन्। आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ।

यसअघि नेपालले अमेरिकासँग खेलेका दुवै खेलमा हार बेहोरेको थियो — पहिलो खेलमा १०६ रनले र दोस्रो खेलमा ४ विकेटले। यस्तै, यूएईविरुद्धको पहिलो खेलमा पनि नेपाल ५ विकेटले पराजित भएको थियो।

अहिले नेपाल १९ खेलमा १२ अंकसहित लिग तालिकाको सातौं स्थानमा रहेको छ। अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने यूएई १९ खेलमा ८ अंकका साथ पुछारमा रहेको छ।