मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हिलिङ्ग प्याराडाइसको उपचार पद्धति ,आत्मिक शान्ति र आरोग्यतर्फको यात्रा

 

"Healing Paradise" स्थापना भएको करिव २ वर्ष पुगिसकेको छ। यो दुइ वर्षको यात्रामा सयौं मानिसहरूले मानसिक, शारीरिक, र आत्मिक समस्याबाट राहत पाएका छन्। चाहे मानशिक शान्तिको लागि होस या शारीरिक पिडाहरुबाट मुक्तिसबैले यहाँको सेवा र उपचार पद्धतिबाट लाभ उठाएका छन्। प्रस्तुत छ केही प्रमुख लाभार्थीहरूको अनुभव र तथ्याङ्क, जुन प्रमाण हो— हिलिङ्गको विधि आजको युगका लागि अत्यावश्यक र प्रभावकारी छ।

सेवा वाट लाभान्वित केही प्रतिनिधि अनुभव र प्रभावहरु :

निकै लामो समयदेखि म शारीरिक पिडाहरु , अनिद्रा र मानसिक तनावले ग्रस्त थिएं। तनावले अनिद्रा र अनिद्राको कारणले जिवनशैली नै अस्तब्यस्त भएको परामर्शबाट थाहा लाग्यो।  हिलिङ्ग प्याराडाइसको ७  दिवसिय Holistic healing course ले मेरो शरीरको पिडामा राहत दिलायो र मनमा गहिरो शान्तीको अनुभव गरायो। अहिले म ६ घण्टा सम्म लगातार निदाउन सक्ने भएकी छु। जीवन बदलदिनुभएकोमा Healing Paradise परीवारप्रती अति नै आभारी छु।

             राधा श्रेष्ठ , ३५ | किर्तिपुर , काठमाडौं

केही बर्षहरुदेखि म छालाको रोगबाट पीडित थिएं। एलर्जी र ग्यास्ट्रीकको कारणले मुखबाट ढ्याउ आइरहने समस्याको समाधान गर्न म Healing Paradise पुगें । दुइ हप्ताको कोर्सले नै ममा आश्चर्य ढङ्गले सुधार भयो। बिशेष गरी मेरो लागि रेकि हिलिङ्ग बरदान नै सावित भयो। हिलरहरुले दिनुभएको Naturopathy अनतर्गतको Diet paln follow गरिरहेको छु। अहिले जीवन सहज भएको छ।

                    सीता घिमिरे , ४५ | किर्तिपुर , काठमाडौं

कलेज लाइफ, पढाइको बोझ अनि करिएरको चिन्ताले कहिलेकाही निन्द्रा नै उड्ने गर्थ्यो। कहिलेकाही त आँखा नै धमिलो भएजस्तो , छटपट हुने , जीवन नै निरस लाग्थ्यो। 7 Chakra healing को केही दिनको session ले नै म बलवान् भएं। हिलिङ्गका साथसाथै मेरो जीवनलाइ सहज ढंगले अगाडी बढाउने सुत्रहरु पाएं। अहिले अध्ययन गर्नुलाइ म बोझ ठान्दिन। रमाएर अध्ययन गर्न सक्ने भएको छु।

सन्तोष भण्डारी , २० | इटहरी , सुनसरी

म बिदेश जाने तयारीमा थिएं भिजा हातमा थियो तर जानें आंट आइरहेको थिएन। पुरै शरीर नै भारी लाग्ने, छातिको भाग हलुका पोले जस्तो हुने , डर लाग्ने हुन्थ्यो। यो stress कै कारणले भएको रहेछ, यहाँ आएपछि थाहा पाएं। 4 bowl healing therapy गजवको रहेछ। करिव २ हप्ताको लगातार हिलिङ्ग पछि सबै कुराहरु सहज र स्वभाविक लाग्न थाल्यो। अब म निर्धक्क भएर ढुक्कसंग बिदेश यात्रा गर्न सक्छु। डर हैन बरु आत्मबल बढेको छ। अहिले अरुलाइ पनि सल्लाह दिन सक्ने भएकी छु ।

               मेलिना घिमिरे , २५ | अस्ट्रेलिया

ब्रेन क्यान्सरबाट जुझिरहेकी उनिमा अहिले निकै सकारात्मक परिवर्तन देखिएको छ। पहिलो दिन हिलिङ्ग गर्दा हात गोडा नै चलाउन नसक्ने उनि अहिले हिलरहरुले गराउने सूक्ष्म व्यायाम निकै मजाले गर्छिन। जुनसुकै कुरा पनि बिर्सिरहने हुन्थ्यो। हिलिङ्ग गर्दा ध्वनिपात्रहरुबाट उत्पन्न ध्वनिले मस्तिष्कका न्यूरोन्सहरुलाइ सकृय गर्दोरहेछ। स्मरण क्षमता पनि निकै बढेको छ। नहासेको महिनौ् भएको थियो। हिलरहरुको आत्मीयताले होला अहिले अनायसै हांस्न सिकेकी छन। हामी धेरै नै खुसी छौं।

           अन्जलि श्रेष्ठ  , ५३ | नक्साल ,काठमाडौं

                             (बिरामीका श्रीमानको भनाइ)

 

१८ बर्ष भएको थियो मैले तनावको औषधि सेवन गर्न थालेको। औषधि बिना त निन्द्रा नै नलाग्ने। मनमा अनावश्यक कुरा खेलिरहने , बिना कारण डर लागिरहने  , मुटु ढुकढुक भैरहने, एक ठाउंमा एकछिन स्थिर भएर बस्न नसक्ने हुन्थ्यो।

हिलिङ्ग प्याराडाइस मेरो लागि अस्तित्वको वरदान नै बनेर आयो। हिलिङ्गका बिषयमा पहिलै नै थाहा भएको भए यति लामो कष्ट भोग्नुपर्ने थिएन होला जस्तो लाग्छ। २ हप्ताको निरन्तर हिलिङ्ग र परामर्शले म ठिक भएं। औषधि छुट्यो , स्थिरता आएको छ। बांकी जीवन ध्यान र आनन्दले बित्नेछ।

               तुलसा थापा , ५५ | भक्तपुर , सल्लाघारी

 

साउन्ड हिलिङ्ग (Sound Healing) र रेक्की (Reiki) आज विश्वभर, विशेषतः अमेरिका, युरोप र अष्ट्रेलियामा अत्यधिक प्रचलित र वैज्ञानिक अध्ययनमा आधारित वैकल्पिक चिकित्सा प्रणालीका रूपमा स्थापित भइसकेका छन्। यी दुवै विधिले शरीर, मस्तिष्क र आत्मालाई सन्तुलनमा राख्न, मानसिक तनाव कम गर्न, तथा ऊर्जा प्रवाहलाई सुदृढ गर्न सहयोग पुर्‍याउँछ। पछिल्ला केही वर्षहरूमा प्रतिष्ठित शैक्षिक तथा चिकित्सा संस्थाहरूले यी उपचार प्रणालीको प्रभावकारिता अध्ययन गरेर सशक्त प्रमाणहरू प्रस्तुत गरेका छन्।

साउन्ड हिलिङ्गको सन्दर्भमा, अमेरिकाको प्रतिष्ठित Harvard Medical School ले सन् २०१८ मा गरेको एक पायलट स्टडी अत्यन्त उल्लेखनीय छ। यस अध्ययनमा सहभागीहरूलाई ६ हप्तासम्म साप्ताहिक दुई सत्रका दरले साउन्ड हिलिङ्ग प्रदान गरियो, जहाँ सत्रहरूमा प्रमुख रूपमा क्रिस्टल सिङिङ्ग बोल्स र गोंग जस्ता उपकरण प्रयोग गरियो। अध्ययनको निष्कर्षमा तनाव हार्मोनको स्तरमा औसत २५ प्रतिशत कमी, निद्राको गुणस्तरमा ३० प्रतिशत सुधार, र भावनात्मक रूपमा हलुकापनको अनुभूति रिपोर्ट गरिएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार, ध्वनिको कम्पनले parasympathetic nervous system सक्रिय गरी मानिसलाई गहिरो विश्राममा पुर्‍याउने देखियो।

त्यस्तै University of California, Los Angeles (UCLA) द्वारा PTSD (Post-Traumatic Stress Disorder) भएका अमेरिकी फौजीहरूमा गरिएको अर्को अनुसन्धानले साउन्ड हिलिङ्गको प्रभावलाई अझ स्पष्ट रूपमा देखाएको छ। २० दिनसम्म दैनिक आधा घण्टा गोंग र सिङिङ बोल्सको सत्र प्राप्त गरेका सहभागीहरूमा निद्राको गुणस्तरमा उल्लेखनीय सुधार, PTSD का लक्षणहरूमा करिब २२ प्रतिशत कमी, र “भित्रैबाट शान्तिको अनुभूति” भएको रिपोर्ट गरिएको छ। यसैगरी, न्यूयोर्कस्थित Integrative Health Institute मा गरिएको अनुसन्धानमा पनि Anxiety, Depression Trauma जस्ता समस्याबाट ग्रसित बिरामीहरूले साउन्ड हिलिङ्ग सत्रहरूमा गहिरो भावनात्मक रिलिज, आँसु सहितको शुद्धिकरण, र मानसिक हलुकापनको गहन अनुभूति गरेका थिए।

नेपाल र Healing Paradise सँगको सम्बन्ध

नेपाल — केवल हिमालको देश मात्र होइन, हजारौं वर्ष पुरानो आध्यात्मिक चेतनाको स्रोत पनि हो। यहाँको हावा, माटो, पानी, संस्कृति र जीवनशैली आफैमा एक प्रकारको उपचार हो। यही भूमि, जहाँ ध्यान, योग, आयुर्वेद र प्राकृतिक चिकित्सा जनजीवनको अभिन्न हिस्सा बनेका छन्, त्यहीँबाट जन्मिएको हो Healing Paradise Nepal — एउटा संस्था, जुन मानिसहरूलाई प्राकृतिक उपाय र आध्यात्मिक ऊर्जा मार्फत आन्तरिक स्वास्थ्य र सन्तुलन दिन समर्पित छ।

प्राकृतिक चिकित्सा, योग, ध्यान, रेकी, सिंगिंग बाउल हिलिङ्ग, अरोमा थेरापी, क्रिस्टल हिलिङ्ग आदि विधिहरूले यसै विचारलाई आत्मसात् गर्दै नेपालमा उपचारको नयाँ युग सुरु गरिरहेका छन्।

Healing Paradise Nepal को स्थापना त्यसै उद्देश्यका साथ गरिएको हो — मानिसहरूलाई औषधिबिनाको उपचार विधिहरूमा परिचित गराउने र उनीहरूको जीवनमा सन्तुलन, स्वास्थ्य र शान्ति ल्याउने।

हामी विश्वास गर्छौं:

"Healing is not just about removing illness, it's about restoring wellness & wholeness."

हाम्रा सबै सेवा प्राकृतिक, वैज्ञानिक र आध्यात्मिक दृष्टिकोणमा आधारित छन्।

अन्तिम सन्देश

Healing Paradise Nepal को उद्देश्य केवल अहिलेको उपचार होइन, आगामी पुस्ताको लागि पनि प्राकृतिक स्वास्थ्य चेतना जगाउनु हो।

हामी चाहन्छौं कि हाम्रा सेवाग्राहिहरूले केवल पीडाबाट मुक्त गराउन नपुगुन्, बरु व्यक्तिको जीवनलाई एक नवीन दिशा दिउन् — जहाँ उनी आफ्नो वास्तविक स्वरूपलाई पहिचान गर्न सकून्।

हिलिङ्ग प्याराडाइस नेपाल र जीवन विज्ञान प्रतिष्ठानको आरोग्य बृत्त बिचको समन्वयात्मक सम्बन्ध र सहकार्य :

आजको युग जहाँ मानसिक तनाव, असन्तुलन, र अस्तव्यस्त जीवनशैलीले मानिसलाई थिचिरहेको छ, त्यहाँ केही यस्ता संस्थाहरू छन्, जसले मानव जीवनलाई पुनः सन्तुलित, समर्पित र सार्थक बनाउने उज्यालो बाटो देखाइरहेका छन्। ती संस्थाहरूको अग्रपंक्तिमा छन् — हिलिङ्ग प्याराडाइस नेपाल र जीवन विज्ञान प्रतिष्ठान।

यी दुई संस्था अलग-अलग देखिए तापनि, यीनीहरूको उद्देश्य एउटै छ — मानव जीवनलाई पूर्णरूपमा आरोग्य, शान्ति, प्रेम र आत्मिक उन्नतिको बाटोमा डोर्याउने।

जीवन विज्ञान प्रतिष्ठानले २०६६ सालदेखि नेपालमा आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउँदै मानिसहरूको भित्रि सम्भावनाहरू उजागर गर्न ध्यान, योग, साधना र वैज्ञानिक आध्यात्मिक अभ्यासमार्फत जागरण ल्याइरहेको छ। श्रद्धेय भानु गुरुदेव र श्रद्धेय रमेश गुरुदेवको मार्गदर्शनमा चलिरहेको यो संस्था लाखौँको जीवनमा नयाँ दिशा र ऊर्जाको स्रोत बनेको छ।

त्यस्तै, हिलिङ्ग प्याराडाइस नेपालले ध्वनि उपचार (Sound Healing), रेकी, तमरा हिलिङ्ग, लामा फेरा हिलिङ्गमाइन्डफुलनेस, योग र ध्यान जस्ता विविध प्राकृतिक तथा ऊर्जात्मक उपचार विधिहरूको प्रयोग गरेर मानिसहरूको शारीरिक, मानसिक र आत्मिक समग्र स्वास्थ्यमा सुधार ल्याउने कार्य गरिरहेको छ।

खुसिको कुरा के छ भनें बिस्वब्यापी रुपमा फैलिदो जीवन बिज्ञान जस्तो उर्जावान र आध्यात्मिक संस्था अन्तर्गतको आरोग्य बृत्तले प्राकृतिक उपचार अन्तर्गत हिलिङ्गका पद्धतिहरुमा शोध र समन्वय गरीरहेको छ।  जहाँ-

🔹 जीवन विज्ञान प्रतिष्ठानले साधनाको गहिराइ प्रदान गर्छ,

🔹 हिलिङ्ग प्याराडाइसले त्यस साधनालाई व्यवहारिक जीवनशैली र उपचारमा रुपान्तरण गर्छ।

यी संस्थाहरूको समन्वयले व्यक्तिगत जीवनमा मात्र होइन, समाज र राष्ट्र निर्माणमा पनि महत्वपूर्ण प्रभाव पारिरहेको छ।

नेपाललाई आध्यात्मिक चेतना र प्राकृतिक उपचारको राजधानी बनाउने सपना बोकेर, यी दुई संस्थाले देश-विदेशमा नेपाली मौलिक ज्ञान र उपचार प्रणालीको प्रचार गरिरहेका छन्।

 

आरोग्य पर्यटनको विकास

. अध्यात्म र हिलिङ्ग मार्फत सामाजिक शान्ति

. वैकल्पिक चिकित्सा विधिहरूको वैज्ञानिक परिचय

चेतनाको स्तरमा राष्ट्रिय समृद्धिको अभियान

आजको विश्वलाई आरोग्य, प्रेम, आत्मिक स्थिरता र सच्चा शान्तिको आवश्यकता छ। त्यही आवश्यकता पुरा गर्ने सामर्थ्य यस्ता संस्थाहरूमा छ, जसले धर्म, जात, लिंग, वर्गको सीमा नाघेर "मानवता" लाई आधार बनाएर सेवा गर्छन्।

हिलिङ्ग प्याराडाइस नेपाल र जीवन विज्ञान प्रतिष्ठानको समन्वयात्मक सहकार्य यही उद्देश्यमा उन्मुख छ —

👉 जहाँ हरेक व्यक्तिले जीवनको सार बुझून्,

👉 जहाँ आत्मा चैतन्यले भरियोस्,

👉 जहाँ उपचार केवल शरीरमा होइन, आत्मामा होस्।

यो सम्बन्ध उदाहरण हो — कसरी चेतनशील संस्थाहरू मिलेर मानव जीवनमा आशा, उपचार र रूपान्तरणको प्रकाश फैलाउन सक्छन्।

निष्कर्ष

हिलिङ्ग प्याराडाइसले एउटा नयाँ आयामको सुरुवात गरेको छ, जहाँ आधुनिक जीवनशैलीका तनाव, पीडा, मानसिक समस्याहरूको समाधान प्राकृतिक तरिकाले हुँदैछ। यी तथ्यहरूले स्पष्ट देखाउँछन् कि हिलिङ्ग विधि उत्कृष्ट, विश्वसनीय र आजको युगको आवश्यकता हो।जसरी सयौं क्लाइन्टहरूले राहतको अनुभव गरे, त्यसैगरी तपाईंको जीवनमा पनि शान्ति, विश्राम, र स्वास्थ्य ल्याउन हिलिङ्ग प्याराडाइस सधैं तत्पर छ।

 ( Founder fo Healing  Paradies of nepal)

Ashok Bhandari , Ritu Shakya