मिती २०७९ माघ १७ गते मकवानपुर जिल्ला, मनहरी गाउपलिका वार्ड न ६ र ७ स्थित चेपाङ र बिपन्न समुदायमा सुत्केरी लाई खाद्यान्न तथा उक्त समुदायमा कपडा बितरण कार्यक्रमा सम्पन्न भएको छ ।
सर्कल हर्ट संस्था वि स २०७८ २०७९ मा स्थापना भई बिभिन्न क्षेत्रमा आबद्ध रही सामाजिक कार्य गर्दै आइरहेको छ । यस संस्थाले शिक्षा,स्वास्थ्य,सार्थक सचेतना तथा बिपन्न समुदायमा बिभिन्न कार्यक्रम तथा सहयोग गर्दै आइरहेको छ,
चेपाङ समुदायम को अवस्था अत्यन्तै न्युन रहेका कारण यस सर्कल हर्टले यसै कुरालाई मध्यनजर राख्दै चेपाङ समुदायलाई लक्षित गर्दै कपडा तथा सुत्केरीलाई खाद्यान्न सहयोग कार्यक्रम गरेको हो ।
एस.एस. हस्पिटालिटी सोलुशन, सि.ए.सि. मानवी क्रीयटिभ एसोसियसन, युथ आई सेवाका संस्थापक अध्यक्ष श्री सिदार्थ रन्जित ज्यू को सहयोग रहेको थियो ।
एस.एस. हस्पिटालिटी सोलुशन, सि.ए.सि. मानवी क्रीयटिभ एसोसियसन, युथ आई सेवाका संस्थापक अध्यक्ष श्री सिदार्थ रन्जित ज्यू को सहयोग रहेको थियो ।
उक्त समुदायमा १६ बषिय सुत्केरी रविना प्रजाले धेरै दिनदेखी पेट भरी खान समेत नपाएको र खाद्यान्न पाउदा खुशी हुँदै आँखा भरी आसुँ पार्दै धन्यवाद दिएको कुरा संस्थाका सचिव नरेन्द्र अधिकारीले जानकारी दिएका हुन ।
सो समुदायका सम्पूर्ण ब्यक्तिहरुले आउदा दिनमा स्थानिय सरोकारवाला, र सम्बन्धित संघ संस्थाहरुले स्वोरोजगार कार्यक्रम ल्याइदिए स्वयम आत्मनिर्भर हुने कुरा सर्कल हर्ट संस्थासँग ब्यक्त गरेका र संस्थाको सहयोग पाउदा केही समयका निम्ती भए पनि आफु सुरक्षित भएको खुशी ब्यक्त गर्दै धन्यवाद दिएको जानकारी सचिव अधिकारी ले बताएका हुन ।