काठमाण्डाै – पालिकाका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशतभन्दा धेरै मत खसेको छ ।
बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावका लागि एक सय ६२ मतदानस्थल र दुई सय ९३ वटा मतदान केन्द्र तोकिएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडाध्यक्ष गरी ४१ पदका लागि उपचुनाव भएको हो । उपचुनावका लागि दुई लाख २६ हजार सात सय ९९ जना मतदाता छन् ।
विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । आयोगले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
