मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एनपीएलमा विराटनगर किङ्ग्सको उत्कृष्ट प्रदर्शन: पूर्वदेखि देशभर फैलिएको उत्साह

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सुरु भएसँगै देशभर खेलप्रेमीको उत्साह तीव्र बनेको छ । यस उत्साहलाई सबैभन्दा बढी उकास्ने टोली बनेको छ-विराटनगर किङ्ग्स। अब विराटनगरको चर्चा केवल पूर्वमा सीमित छैन; जनकपुर, पोखरा, बुटवल र सुदूरपश्चिमसम्म हजारौं समर्थक यसै टोलीप्रति आकर्षित भएका छन्।

यसपटक टोलीमा नेपाली राष्ट्रिय टिमका स्टार स्पिनर सन्दीप लामिछाने कप्तानका रूपमा उपस्थित भएपछि किङ्ग्सको बलियो छवि झनै उचालिएको छ। सुवास भण्डारी, सूर्य तामाङ, लोकेश बम, प्रतिश जीसी, बसिर अहमदजस्ता स्वदेशी प्रतिभासँगै मार्टिन गप्टिल, फाफ डु प्लेसिस, जर्ज मुन्से, मर्चेन्ट डी लेङ्गे र स्याम हेजलेटजस्ता चर्चित विदेशी खेलाडीको आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ।

पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शन गरेपछि किङ्ग्स समर्थकको विश्वास झन् बढेको छ। अनुभवी विदेशी खेलाडीको उपस्थिति र कप्तान सन्दीपको दिग्दारीले टोलीलाई यसपटकको लिगको सबैभन्दा बलियो दाबेदारका रुपमा उभ्याइदिएको छ। विराटनगर अहिले लगातार तेस्रो खेल जित्दै तालिकाको शीर्षमै उभिएको छ।