मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पको टोकाइबाट ज्यान गयो

काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पले डसेर ज्यान गएको छ ।

महिनावारी भएको समयमा घरको आँगनमै रहेको छाउगोठमा सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा सर्पले डसेको थियो । तत्काल उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा कमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकरी दिनुभयो ।

कमलाका तीन स–साना बालबालिका छन् । उहाँका श्रीमान् रोजगारीका लागि भारतमा रहेका छन् ।

बस्नका लागि पक्की घर भए पनि महिनावारी भएपछि सुत्नका लागि घरको आँगनमै बनाइएको गोठमै जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार कमला दुई महिना अघिमात्र भारतबाट घर आउनुभएको थियो ।

कुरीतिजन्य अमानवीय छाउ प्रथालाई हटाउन सम्बन्धित निकायले यथाशीघ्र पहलकदमी लिनुपर्ने महिला अधिकारकर्मीको माग छ ।

मुलुकी अपराध संहिता २०७४ मा महिला रजस्वला र सुत्केरी भएको अवस्थामा छाउपडीमा राख्न नराख्न पाइने व्यवस्था छ । यस्तो कार्य गरिए तीन महिना कैदको व्यवस्था छ ।

 

 

source-ujyalo