मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रबि बोपाराको तेस्रो लगातार अर्धशतक, चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट लयमा रहेका रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन जोड्यो।

चितवनका लागि बोपाराले ३८ बलमा ३ चौका र ४ छक्कासहित ६५ रनको प्रभावशाली इनिङ खेल्दै टिमलाई बलियो स्कोर बनाउन मद्दत गरे। त्यस्तै सैफ जैबले ३२, देव खनालले २८ तथा कप्तान कुशल मल्लले अविजित २० रन जोडे। बोपारा र मल्लबीच छैटौं विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी भयो।

बलिङतर्फ विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई-दुई विकेट हात पारे भने शुभम रञ्जनले एक विकेट लिए।

सुरुवाती १० ओभरमा ७५-३ को अवस्थामा रहेको चितवनले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो १० ओभरमा ९९ रन जोड्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको हो।