मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

बर्दियामा गोली प्रहार गरी २७ वर्षीय युवाको हत्या

बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरिएको छ

दाङ, तुलसीपुर नगरपालिका–५ का निरज चौधरी (थारु) रेष्टुरेन्टभित्रै अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यहीँ उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक (प्रनि) प्रकाश सिंह कार्कीले दिएको जानकारीअनुसार गोली चौधरीको गाला र दुबै कानमा लागेको छ। प्रहरीले घटनास्थलबाट गोलीका खोका पनि फेला पारेको छ। "मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको छ। रिपोर्ट आएपछि मात्र थप जानकारी प्राप्त हुनेछ," प्रनि कार्कीले बताए।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा फरार भएका छन्। यद्यपि, हत्या कसले र किन गरेको हो भन्ने विषयमा प्रहरीले हालसम्म कुनै ठोस जानकारी दिन सकेको छैन। पोष्टमार्टमको रिर्पोट नआएसम्म विस्तृत जानकारी दिन नसकिने प्रहरीको भनाइ छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।