नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा छाडेका सन्तोष परियारसहितका समूहहरू एकीकृत भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन्। आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममार्फत नयाँ पार्टीको औपचारिक घोषणा गरिएको हो।
नयाँ पार्टीले नेसपा (नयाँ शक्ति) को ‘आँखा’ चुनाव चिह्न प्रयोग गर्नेछ। पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ।
यसअघि कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार समूहबीच एकता गर्ने सहमति भएको थियो।
