कुलमान घिसिङ तीन मन्त्रालयको जिम्मेवारीमा

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ऊर्जा क्षेत्रमा कुशल छवि बनाएका कुलमान घिसिङलाई तीनवटा मन्त्रालयको जिम्मेवारी दिएको छ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायातसहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

घिसिङले दुई पटक विद्युत् प्राधिकरणको नेतृत्व गर्दै लोडसेडिङ अन्त्य, घाटामा रहेको संस्थानलाई नाफामा लैजाने र ग्रामीण क्षेत्रमा समेत विद्युत् विस्तार गर्ने काम गरेका थिए। ‘उज्यालो नेपाल’का प्रतीकका रूपमा चिनिएका उनी पछिल्लो समय स्वतन्त्र राजनीतिक अभियानमा सक्रिय छन्।

रामेछाप जन्मेका घिसिङले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङ, पुल्चोक क्याम्पसबाट स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन्।