धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
सोमबार बिहान बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृताको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।
बिहान चार बजेतिर तीन-चार जनाको समूहमा आएका नकावधारी समूहले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई वयान दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीले बताए । उनका अनुसार प्रहरीले अमृताका श्रीमान् वीरेन्द्रलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान सुरु गरेको छ ।