एक्स्ट्रीम इनर्जी ड्रिंक्सको सामाजिक उत्तरदायित्व , बाढी प्रभावितको पुनर्स्थापनाका लागि १ करोड सहयोग

रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा भएको क्षतिप्रति सहयोग पुर्‍याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। विपद्को यस कठिन घडीमा प्रभावित परिवारको पीडा न्यूनीकरण गर्न र सरकारको राहत कार्यमा ऐक्यबद्धता जनाउन कम्पनीले सहयोगको हात बढाएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीले बाढी–पहिरो प्रभावितहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यसैगरी, कम्पनीले ज्यानको जोखिम मोलेर उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रलाई परेको हरेक सङ्कटमा नागरिकको साथमा उभिने र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता एक्स्ट्रीम इनर्जी ड्रिंक्सले जनाएको छ।