मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज: निर्वाचन समीक्षा र गगन थापा को राजीनामाबारे छलफल हुने

नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपा, ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार बैठकका लागि दुई प्रमुख एजेन्डा तय गरिएको छ। पहिलो, हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने र दोस्रो, पार्टीका सभापति गगन थापा ले उपसभापतिमार्फत बुझाएको राजीनामाबारे छलफल गर्ने रहेको छ।

सभापति गगन थापा ले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका थिए। उक्त राजीनामा बैठकमा प्रस्तुत गरिनेछ। साथै, उपसभापति विश्वप्रकाश शर्मा ले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव समेत बैठकमा पेश गर्ने तयारी गरेका छन्।

बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे समेत महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।