अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुने नेपालको पहिलो दन्त स्वास्थ्य संस्था बन्यो चिरायु डेन्टकेयर

काठमाडौं । नेपालको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयर, काठमाडौं लाई दन्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, गुणस्तरीय सेवा, आधुनिक उपचार प्रविधिको सफल प्रयोग तथा मौखिक स्वास्थ्य प्रवर्द्धनमा खेलेको उल्लेखनीय भूमिकाको कदरस्वरूप “Global Excellence Best Dental Honour 2026” अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

उक्त सम्मान बंगलादेशको राजधानी ढाकामा आयोजित 3rd Global Excellence Honour 2026 समारोहमा प्रदान गरिएको हो। स्वास्थ्य, व्यवसाय, सामाजिक सेवा, सौन्दर्य तथा मिडिया क्षेत्रका विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा चिरायु डेन्टकेयरलाई दन्त स्वास्थ्य सेवामा उत्कृष्टता प्रदर्शन गरेको भन्दै सम्मानित गरिएको आयोजकले जनाएको छ। यस सम्मानसँगै चिरायु डेन्टकेयर दन्त स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर्राष्ट्रिय मञ्चबाट सम्मानित हुने नेपालको पहिलो संस्था बनेको छ। संस्थाले यस उपलब्धिलाई नेपाली दन्त स्वास्थ्य क्षेत्रको लागि ऐतिहासिक उपलब्धि तथा अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

चिरायु डेन्टकेयरले स्थापना कालदेखि नै अत्याधुनिक प्रविधिमा आधारित दन्त उपचार, विशेषज्ञ चिकित्सकहरूको सेवा तथा बिरामी केन्द्रित उपचार प्रणालीमार्फत हजारौं सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। संस्थाले नियमित रूपमा मौखिक स्वास्थ्य सचेतना अभियान, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै समुदायस्तरमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। संस्थाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली दन्त स्वास्थ्य सेवाको गुणस्तर, क्षमता तथा सम्भावनालाई विश्व समुदायसमक्ष थप मजबुत रूपमा स्थापित गरेको विश्वास गरिएको छ।

साथै, नेपालको स्वास्थ्य क्षेत्रले हासिल गरेको प्रगति र व्यावसायिक उत्कृष्टतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न यस उपलब्धिले महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ। सम्मान प्राप्तिपछि चिरायु डेन्टकेयरद्वारा जारी वक्तव्यमा आयोजक संस्था, निर्णायक मण्डल तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ। संस्थाले आगामी दिनमा पनि अझ सुरक्षित, गुणस्तरीय तथा विश्वस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै नेपाली दन्त स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

“यो सम्मान केवल चिरायु डेन्टकेयरको मात्र नभई सम्पूर्ण नेपाली दन्त स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान, सम्मान र गौरवको प्रतीक हो,” संस्थाले जनाएको छ। हाल काठमाडौंमा सञ्चालनरत चिरायु डेन्टकेयर नेपालका अग्रणी दन्त स्वास्थ्य संस्थामध्ये एक हो, जसले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा बिरामीमैत्री सेवामार्फत गुणस्तरीय दन्त उपचार प्रदान गर्दै आइरहेको छ।