यसअघि नेपालले गएको भदौमा घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा खेल बराबरीमा सकिएको थियो। जेनजी आन्दोलनका कारण त्यतिबेला दोस्रो खेल रद्द भएको थियो।
फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छ। हाल नेपाल १८०औं स्थानमा छ भने बङ्गलादेश १८३औं स्थानमा रहेको छ।
यो खेल नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा खेलिँदैछ। अघिल्ला प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खड्काले टोलीको जिम्मेवारी सम्हालेका हुन्।
पछिल्ला खेलहरूमा नेपाली टोलीले अपेक्षित प्रदर्शन गर्न सकेको छैन। पछिल्ला छ खेलमध्ये चारमा हार बेहोरेको नेपालले दुई खेल बराबरीमा समाप्त गरेको छ।
