आज सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि १० रूपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।