आज सुनको मूल्य बढेकाे छ । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो । बुधबार सुन तोलामा चार सय रुपैयाँ घटेको थियो ।
आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।