मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रास्वपाले आह्वान गर्‍यो राजदूतका लागि आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजदूतका लागि आवेदन माग गरेको छ । सोमबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राजदूतका लागि आवेदन आह्वान माग गरेको जनाएका हुन् । 

त्यसका लागि रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको पनि सभापति लामिछानेले उल्लेख गरेका छन् । सो कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको पनि उनले जानकारी दिएका छन् ।

सो मापदण्डअनुसार उपयुक्त उम्मेदवारले यही १४ असारसम्म आवेदन दिन सक्नेछन् । आवेदनअनुसार आगामी दिनका लागि पनि रोष्टर तयार पारिने लामिछानेले उल्लेख गरेका छन् ।