चार दिनदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग पुनः खुलाइएको छ। शुभकाली गाउँपालिका–१ गगनेखोलामा खसेको पहिरो नेपाली सेना, नेपाल प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको संयुक्त टोलीले पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले सडकको अवस्था बुझ्न गगनेखोलामा पुगेका थिए। प्रमुख जिल्ला अधिकारीका अनुसार सडक खुलेसँगै शनिवार रातिदेखि रोकिएका गाडी दिउँसोबाट गन्तव्यतर्फ अघि बढेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले पनि जानकारी दिएका छन्।
