कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रतिष्ठानमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २३औँ सत्याग्रह शुरू गर्नुभएको छ।
उहाँले निजी मेडिकल कलेजमा एमबीबीएस लगायत विभिन्न विषयको सिट वृद्धि निर्णय फिर्ता लिनुपर्ने माग राख्नुभएको छ। डा. केसीका अनुसार सिट संख्या बढाउँदा नेताहरू र माफियाको फाइदा त हुने भए पनि शिक्षाको गुणस्तरमा ठूलो ह्रास आउँछ।
